Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • साउदीमा अलपत्र एक नेपाली महिलाको सकुशल उद्धार


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लगभग चारमहिनादेखि साउदी अरबमा अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ ।

    दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए ।

    महावाणिज्यदूतावासले तामाङलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर-आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत हिजो बिहीबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार