Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टयाक्टरसँग मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा टयाक्टरको पछाडि मोटरसाईकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा मोटरसाइकल चालक रुपन्देहीकै गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उपचारको क्रममा भिम अस्पताल भैरहवा पासीको बिहीबार राति सवा १० बजे मृत्यु भएको हो ।

    लु ८६ प ४०५ नम्बरको मोटरसाईकल लु ४ त ४४६५ नम्बरको ट्याक्टरको पछाडी राति साढे ९ बजे ठोकिएको थियो । ट्रयाक्टर चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार