काठमाडौं । लामो समयदेखि रोकिएको दोस्रो चरणको चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगन्जसम्मको सडक विस्तार हुने भएको छ। यसअघि चिनियाँ पक्षले साइट क्लियरेन्स नभएको भन्दै चक्रपथ विस्तारको काम अघि बढ्न सकेको थिएन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रो चरणको चक्रपथ विस्तारको काम चिनियाँ पक्षले छिट्टै गर्ने प्रतिवद्धता गरेको बताएको छ। यो खण्डको सडक महाराजगन्ज, स्वयम्भू लगायतका केही स्थानमा बाहेक अन्य ठाउँमा कुनै अवरोध छैन। चिनियाँ पक्ष भने साइट क्लिरेन्स नभएको भन्दै काम अघि बढाउन तयार भएको छैन।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार कलंकी महाराजगन्ज सडक खण्डको अनुगमन गर्दै दोस्रो चरणको चक्रपथ विस्तारको काम छिट्टै सुरु हुने बताएका छन्।
‘दोस्रो चरणको चक्रपथ विस्तार गर्ने सम्बन्धमा नेपालका लागि चीनको राजदूतज्यूसँग पटक पटक छलफल भइसकेको छ,’ उनले भने ‘हामी दूवै पक्षबीच छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ।’ मन्त्री श्रेष्ठले सो खण्डमा केही स्थानमा रहेका विवादहरू सल्टाएर विस्तारको काम अघि बढ्ने सहमति भएको दाबी पनि गरे। ‘अहिले स्वयम्भू स्तुपा क्षेत्रको डिजाइन परिवर्तन गर्नुपर्ने देखिएको छ,’ उनले भने ‘अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’
मन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न खालका विवादको कारणले दोस्रो चरणको चक्रपथ विस्तारको काम हुन नसकेको बताए। ‘नेपालका लागि चीनको राजदूतज्यू र हाम्राबीच छलफल गरेर छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ,’ उनले भने ‘चिनियाँ पक्ष र हाम्रो मन्त्रालय दुवैपक्षबाट अध्ययनको काम पनि भइसकेको छ। अहिले यहाँ केही समस्या देखिएका छन्। त्यो समस्या समाधान गरेर अघि बढ्नेछौं।’
मन्त्री श्रेष्ठले ठूला खालका समस्याहरू लगभग समाधान भइसकेकाले अब विस्तारको कामले गति लिने दाबी गरे। ‘हामीले चीन सरकारसँग सकेसम्म महाराजगन्जदेखि धोवीखोलासम्मको सडक विस्तार गर्नका लागि अनुरोध गरेका छौं। चिनियाँ पक्षले भने महाराजगन्जसम्म मात्रै विस्तार गर्ने कुरा गरिरहेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend