गुलरिया। वन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका–२ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फुलराम थारुलाई चितुवाले एक्कासि झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरीसमेत घाइते भएका छन्।
जंगल किनार बस्ती नजिकको झाडीमा चित्तल शिकार खाइरहेको चितुवाले बाख्रा चराइरहेका फुलरामलाई देखेपछि एक्कासि पछाडिबाट टाउकोमा आक्रमण गरेको डिभिजनल वन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले बताए। गाउँले सहितको टोली लिएर उद्धारका लागि पुगेका बन कर्मचारीलाई चितुवाले हातमा आक्रमण गरेको छ। सोही क्रममा १५ वर्षीय बालक विनय चौधरीको ढाडमा चितुवाले चिथोरेको अधिकृत शर्माले जानकारी दिए।
७० वर्षीय वृद्धको टाउकोमा ४ वटा टाँका लगाइएको छ। तिनै जनाको अवस्था खतरामुक्त रहेको उनले सुनाए। मधुवन क्षेत्रको वन्यजन्तु आक्रमण रोक्न फेन्सिङ बायर लगाउनुपर्ने शर्माले बताएका छन्। वन कार्यालयले घाइतेहरूको निःशुल्क उपचार गर्ने बताए। राहत निर्देशिका अनुसारको सहयोग पिडितले पाउने उनले जानकारी दिएका छन्। मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति स्थानीयले व्यहोर्दै आएका छन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend