काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाने भएकी छन् । आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी मध्यान्ह १२ बजे जान लागेकी हुन् ।
उनले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । कार्यक्रमका लागि अस्पतालको भवन वरपर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन, अस्पताल अगाडीको सडक निर्माण गरिएको रजिष्ट्रार प्रसाईले बताए ।
उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी गरिएको छ । राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाइ तथा रंगरोगन, मञ्च व्यवस्थापन, प्रचार प्रसार तथा उचित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।
सङ्घीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाइ छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend