Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • टर्कीमा फेरि शक्तिशालि भूकम्प : तीन जनाको मृत्यु, सयौं घाइते


    मंगलबार, फाल्गुन ९ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । गएराति टर्कीमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको हो ।

    टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादकाले भूकम्पमा परि तीन जनाको मृत्यु भएको बताएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको बताइएको छ ।

    टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

    यसअघि गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार