काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी क्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । आज सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो ।
नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान ग्रेहार्ड इरास्मसले ४३ रन बनाउँदा जेन ग्रिनले २५ रनको योगदान गरे ।
नामिबियाका रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाए स्कटल्याण्डका लागि मार्क वाटले चार विकेट लिए । त्यस्तै माईकल लिस्कले तीन विकेट लिँदा ब्राण्डन म्याकमुलानले दुई विकेटको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले ४८ ओभर ४ बलमा अल आउट हुँदै २२१ रन बनाएको थियो । स्कटल्यान्डका लागि क्रिटोफर म्याकब्रिडले सर्वाधिक ४७ रनको योगदान गरे ।
त्यस्तै टमस म्याकिन्टोसले ३४ बनाउँदा कप्तान रिचि बेरिङ्टनले ३२ जोडे । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले सर्वाधिक पाँच विकेट लिए । उनले ९ ओभर ४ बल बलिङ गर्दै ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्नी लुङ्मिनीले २ विकेट लिए ।
यसैगरी जितसँगै विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २३ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend