Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • अचानक किन पुगे अमेरिकी राष्ट्रपति बाइडेन युक्रेनको राजधानी


    सोमबार, फाल्गुन ८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेन अचानक युक्रेन पुगेका छन्। आइतबार दिउँसो उनी युक्रेन राजधानी किएभ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    रूसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्न लाग्दा राष्ट्रपति बाइडेनले किएभ भ्रमण गरेका हुन्। बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।

    गत वर्ष फेब्रुअरी २६ मा रूसले युक्रेनमाथि तीन तिरबाट हमला गरेको थियो। एक वर्षदेखि जारी रहेको युद्धमा अहिलेसम्म दुबैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन्।

    अमेरिका, बेलायतलगायत पश्चिमा र नेटो राष्ट्रहरूले यो युद्धमा युक्रेनलाई सैन्य तालिम र सामग्री दिएर सहयोग गरिरहेका छन्।

    केही समयअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार