Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बनेपामा आगलागी हुँदा २ घर जलेर नष्ट


    सोमबार, फाल्गुन ८ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काभ्रे। काभ्रेको बनेपा नगरपालिका वडा नं २ स्थित सिक्रे, घिमिरे गाउँमा आगलागी भएको छ। उक्त घरमा आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएको छ । फागुन ७ गते राति करिब ११ बजे स्थानीय दिपक घिमिरे र दिनेश घिमिरेको घरमा आगलागी भइ पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    आगलागीबाट कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार स्थानीय, जनप्रतिनिधि, प्रहरी र बनेपा र धुलिखेल नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।

    रातिको ११ बजेबाट सुरु भएको आगो बिहानको २ बजे नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

    घरमा भएका अन्न (गहुँ, धान, मकै, तोरी), कृषि औजार, भुस्सा काट्ने मेसिन, कुटानी-पिसानी मेसिन, ट्याक्टर लगायत सामग्री जलेर नष्ट भएको घरधनी दिपक घिमिरेले बताए । उनका अनुसार विधुतीय लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने आकलन गरिएको छ । माथिल्लो तलाबाट आगलागी भएको भएर मानवीय क्षति हुन नपाएको उनले बताए ।

    घटनाबारे अनुसन्धान भइरहेको र यसको कारण र क्षतिकाे यकिन विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार