Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ कालिमाटिकाे तरकारी तथा फलफूलको मूल्य


    सोमबार, फाल्गुन ८ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आज सोमबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य अनुसार भारतीय सुन्तला ११० रूपैयाँ, कालो अंगुर र अनार २२० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १२०, अम्बा १००, आभोकाडो ४००, किवि ३५० प्रतिकेजी र केरा १५० रुपैयाँ दर्जन रहेको छ ।

    यस्तै कन्य च्याउ प्रतिकेजी १०० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।

    यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

    यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खु्र्सानी ९० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

    यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ३० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ११० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती १५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार