काठमाडौं । भक्तपुर लोकन्थलीका श्याम दाहाल महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न शनिबार बिहान १ बजे पशुपति क्षेत्र पुगेका थिए तर, उनले दिउँसो १२ बजेसम्म पनि पशुपतिको दर्शन गर्न पाएनन्। दाहाल मात्र होइन काठमाडौं शान्तिनगरकी कमला दाहाल शनिबार बिहान ३ बजे पशुपतिको दर्शन गर्न पशुपति क्षेत्र पुगेकी थिइन्।
उनले शनिबार दिउँसो २ बजेसम्म पनि पशुपतिनाथको दर्शन गर्न लाइनमा बसिरहेकी थिइन्। सर्वसाधारणलाई पशुपतिको दर्शन गर्न अत्याधिक सास्ती रहेको दर्शनार्थीहरूको गुनासो रहेको छ।
भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्। खाली पेट र खाली खुट्टा झण्डै १२ घण्टा लाइन बस्दा पनि पालो नआउँदा उनी दिक्क मान्दै थिइन्। बिहानको चिसाले नांगो खुट्टा हिउँ जस्तो भएको थियो भने दिनभरिको घामले पैताला भतभती पोलेको पटेलको गुनासो थियो।
सरकारले महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि सर्वसाधारणका लागि सहज हुने गरी व्यवस्था गरेको दाबी गरेपनि सर्वसाधारणले भने घण्टौँ लाइन बस्दा पनि दर्शनको अवसर पाइरहेका थिएनन्। झण्डै १२ घण्टादेखि दर्शन गर्ने लाइनमा बसिरहेकी शान्तिनगरकी दाहाल आफूहरू लाइनमा बसिरहेको अवस्थामा पहुँच हुनेहरू सहजै दर्शन गरेर फर्किरहेको बताउँदै थिइन्। ‘पहुँच हुनेले एकै छिनमा दर्शन गरेर फर्किरहेका छन्। हामी रातिदेखि दर्शन गर्ने लाइनमा बसेकाहरूको पालो नै आएको छैनन्,’ उनले गुनासो गरिन्। यो समाचार नागरिक दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend