काठमाडौं । पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ । तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ ।
पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका छन् । उक्त जग्गाको बजारमूल्य अर्बौ पर्ने बताइन्छ ।
अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाविक गर्ने निर्णय गरेका हुन् ।
अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री किरातीले त्यसलाई हालसाविक गर्ने निर्णय गरे पछि आलोचना भएको छ । त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ ।
यसअधिका पर्यटनमन्त्री प्रेम आलेले हालसाविक गर्न नमानेको जमिनलाई अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाविक गर्ने निर्णय गरेको आरोप लागेको छ । मन्त्री किरातीले नापीको विवरणअनुसार अतिक्रमण भएको बाहेक ५०४ रोपनी ३ आना मात्र जमिन सबै प्रकारका कैफियत हटाई हालसाविक गरी पठाइदिन अनुरोध गर्दै मालपोत कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेका छन्।
मन्त्री किरातीले कोषका सञ्चालक सदस्यहरूको सहमतिविना एकलौटी ढंगले हराएको ३१ रोपनी जमिन नखोजी हालसाबिक गर्ने निर्णय गरेको कोषका एक सदस्यले बताए। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend