समिक बडाल र नरेश रोकाया
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औ महाधिवेशनबाट अध्यक्षमा समिक बडाल र महासचिवमा नरोश रोकाय निर्वाचित भएका छन् । बडाल दोब्बर भन्दा बढी मतले निर्वाचित भएका छन् । उनले ९ सय ६२ मत पाएका छन् । उनका प्रतिस्पर्धी आरसी लामिछानेले ३ सय ५६ मत प्राप्त गरेका छन् ।
अध्यक्षका तेस्रा प्रत्यासी लोकेश निरौलाले १ सय १३ मत पाएका छन् । चौथा अध्यक्षका उम्मेदवार मोति विकले ७८ मतमात्रै प्राप्त गर्न सफल भएका छन् । फागुन २ बाट सुरु भएको महाधिवेशनमा बिहीबार राति मतदान भएको थियो । १ हजार ५ १७ मत खसेको थियो । महासचिवमा निर्वाचित नरेश रोकायाले ७ सय ३३ मत ल्याएका छन् । उनले भास्कर खनाललाई पराजीत गरेका हुन् ।
त्यसैगरी अनेरास्ववियूका ४ उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा बिष्ट निर्वाचित भएका छन् । सचिवमा संजीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अन्जना शिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले बिजयी भएका छन् । कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend