Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वर्षमानको स्वास्थ्यमा सुधार, चीनबाट आज १ बजे काठमाडौँ आउने


    मंगलबार, पुष ५ २०७९
    1.7K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किंदै छन् । स्वास्थ्यमा सुधार भएपछि आज उपमहासचिव पुन स्वदेश फर्किन लागेका हुन् ।

    उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले चाइना साउदर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे पुन काठमाडौँ आइपुग्ने जानकारी दिइन् ।

    वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार