काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ। तेजाबी सुनको मूल्य भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै सोमबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।