Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ९ लाख नक्कली नोटसहित तीन जना पक्राउ


    मंगलबार, असोज २५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेका तीन जनालाई सर्विजनिक गरेको छ ।  हिजो सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो ।

    नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतिहारि पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका वडा नम्बर २ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताएका  छन् । प्रहरी उपरीक्षक बोगटीका अनुसार असोज २१ रञ्जितले सिम्रौनगढ नगरपालिका ५ कनकपुर स्थित एसपि साईन मोटरसाईकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए ।

    प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए । उनीहरु विगत लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको बताए । 
    उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ ईलाकाबाट नक्कली नोटको कारोवार गर्दै आएको अनुसन्धानको क्रममा देखिएको बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार