Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवौं राष्ट्रिय खेलकुदः आज दुई खेल हुँदै


    मंगलबार, असोज २५ २०७९
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज महिला क्रिकेटमा दुई खेल हुँदैछन् । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् ।

    प्रतियोगिताको पहिलो खेलमा वागमती प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ’ए’ मा एपीएफ क्लव, मधेस प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र वागमती प्रदेश रहेको छ भने समूह ’बी’ मा नेपाल पुलिस क्लव, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार