मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । लाभदायक यात्रा रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नयाँ रोजगारको अवसर मिल्ने छ । प्रयत्न गरे फाइदा लिन सकिने छ । आफन्त वा बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्ने छ । रमणीय र सुखद् यात्राको योग छन् । आत्मबल र हिम्मत पनि बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । पारिवारिक सहयोग मिल्ला । पुँजी बजारबाट धन लाभ हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
जोश, जाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । आर्थिक कारोबारमा विवाद आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । बौद्धिकताको विकास हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आलस्य तथा थकानको अनुभूति हुनेछ । प्रेममा बाधा पनि हुनसक्छ, तर वैदेशिक कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ठीक समयमा सही निर्णय लिन सकिने छ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।