Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज असोज ६ गते बिहीबारको राशिफल


    बिहिबार, असोज ६ २०७९
    895
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    विद्या र बुद्धिको विकास हुनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कार्यसिद्धि हुने अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    छोटो दूरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज लाभ-हानी, सुख-दुःख बराबरी रहने छ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । पारिवारिक झमेला रहला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आफन्तको प्रगतिमा मन रमाउने छ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने छ । नयाँ कार्यको थालनी होला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    कुनै कुराले मनमा शान्ति छाउने छ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    मित्र वा आफन्तको सहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्ति होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

     

    हाम्रो पात्रोबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार