Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • शिक्षामन्त्री बागलुङका दुई वटै क्षेत्रमा सिफारिस


    सोमबार, भाद्र २० २०७९
    1.7K
    Shares
    sobij
  • १ मिनेट पाठ
  • काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै क्षेत्रबाट सिफारिस भएका छन् ।

    गत निर्वाचनमा मन्त्री पौडेल बागलुङ क्षेत्र नम्बर – २ बाट नै निर्वाचित भएका हुन् ।

    बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो पार्टीका बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले बताए।

    यस्तै, बागलुङ क्षेत्र नम्बर –२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार