काठमाडौं । दुई बर्षअघि ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका शाखा अधिकृत रामबाबु मण्डललाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका छन् । नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा देउवाले मण्डललाई सम्मान गरेका हुन् ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डललाई ३० मंसिर, २०७६ मा सेवाग्राहीसँग ५ लाख घुस लिंदालिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको माग भएका कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग गरेको सूचनाका आधारमा अख्तियारकोे टोलीले मण्डललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।
अख्तियारले मण्डललाई नियन्त्रणमा लिएपछि जारी गरेको विज्ञप्ति

काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend