काठमाडौं । निजामती प्रशासनमा प्रवेशपछि सधैं मालदार अड्डामा मात्र कार्यरत रहेका एक उपसचिवले राजस्व अनुसन्धान कार्यालयको हाकिम हुनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवादेखि निजी सचिव जनक भट्टकोमा दैनिक धाइरहेका छन् । ती उपसचिव हुन्, सुरेश जोशी ।
उद्योग विभागको ट्रेडमार्क शाखाको निर्देशकबाट सरुवा भएपछि उनी एक साता अघि प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । प्रधानमन्त्री कार्यालयमा सरुवा हुने र राजस्व अनुसन्धान कार्यालय कोहलपुरको प्रमुख अनुसन्धान अधिकृतमा सरुवा हुने दाउमा छन् ।
उपसचिव जोशी उद्योग विभागमा २ बर्षदेखि कार्यरत थिए । ट्रेडमार्क शाखालाई उद्योग विभागको आकर्षक शाखाका रुपमा लिइन्छ । क र ख दुई वटा शाखाको रुपमा रहेको ट्रेडमार्कका दुबै शाखाको निर्देशक रहिसकेका जोशी विभागमा कुस्त कमाई गरी प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । र, अब उनी थप कमाउनका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरको हाकिम हुनका लागि भानु देउवासँग दैनिकजसो दौडधूप गरिरहेका छन् ।
जोशीलाई प्रधानमन्त्री कार्यालयमा ल्याउनका लागि निजी सचिव जनक भट्टको ठूलो स्वार्थ जोडिएको छ । भट्ट र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई विभागमा रहँदा आफूले आकर्षक शाखा नपाएको, विभागको आकर्षक मानिने अनुमति शाखा नदिएको, कांग्रेसको नेतृत्वमा सरकार रहेको र उद्योग मन्त्री कांग्रेसकै हुँदा पनि आफू पीडित हुनुपरेको दुखेसो पोख्दै आएका थिए । उनी सुदूरपश्चिमकै प्रधानमन्त्री हुँदा पनि न्याय मैले नपाउने भन्दै पटक पटक प्रधानमन्त्री कार्यालय धाइरहेका थिए ।
ट्रेडमार्कका दुवै शाखामा रहँदा जोशीले मदिरा उद्योग, शक्तिबद्र्धक(इनर्जी) पेय पदार्थ लगायतका उद्योगहरुलाई नियम बिपरीत मोटो रकम घुस लिएर ट्रेडमार्क दिएको आरोप छ ।
उद्योग विभागको इतिहासमै अस्थायी ट्रेडमार्कको पत्र उद्योगीलाई दिंदा दररेट कायम गर्ने परम्पराको थालनी जोशीले गरेको सम्झनेहरु अहिले विभागमै छन् । आफूमातहतका अधिकृत र नासुहरुलाई ट्रेडमार्क दिंदा रकम कबोल गर्न लगाउने र दिने सर्तपछि मात्रै फाइल उठाउनू भन्ने जोशीले विभागमा रहँदा करोडौं घुसबापत उठाउन सफल भएका छन् ।
तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले सुदूरपश्चिमकै भएका कारण उनलाई उद्योग विभागमा सरुवा गरी लगेका थिए । उनको प्रवेशसँगै उद्योग बिभागलाई सुदूरपश्चिमेलीहरुको बाहुल्यता बढाउन उनको सशक्त भूमिका रहेको थियो । विभाग प्रवेश गर्दा माओवादी समर्थक बनेर गएका जोशी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ कांग्रेस समर्थक बन्न पुगेका थिए । उनी कांग्रेसको संगठन यस्तो हुनुपथ्र्यो, उस्तो हुनुपथ्र्यो भनेर सुझाव समेत दिन थालेका छन् । नवकांग्रेस जोशीले यही फाइदा उठाउँदै प्रधानमन्त्री कार्यालयमा सरुवा मिलाएका छ्न । रोचक पक्ष त के छ भने विभागमा रहँदा करोडौं असुलेका र विनापैसा हस्ताक्षर नै नगरेका जोशी राजस्व अनुसन्धान कार्यालय कोहलपुरको प्रमुख हुने चक्करमा छन् ।
सुदूरपश्चिम घर भएका कारण आफू घरपायक बस्न्ुपर्ने भो भन्दै आकर्षक कार्यालय ताकेका जोशीले उक्त कार्यालयलाई उद्योग विभागभन्दा कमसल हो भन्दै प्रधानमन्त्रीका आसेपासेहरुलाई गुमराहमा राख्न सफल भएका छन् । ट्रेडमार्क दिने, पछि उजुरी हाल्न लगाउने र फेरि महानिर्देशकसँग मिलेमतो गरी मुद्दामा समेत मोटो रकम घुस असुल्न सिपालु जोशीको आफैं धामी आफैं …जस्तो ब्यवहार रहँदैआएको थियो ।
विभागमा हरेक उद्योगीलाई सताएर मोटो रकम असुलेका उनै जोशी राजस्वको कोहलपुर प्रमुख भए भने त्यस क्षेत्रका भारतबाट नेपाल सामान आयात गर्ने ब्यापारीहरुले कति दुःख पाउने हुन्, आँकलन गर्न गाह्रो छ । उनी निकट जानकारहरु भन्छन्, जोशीको अवस्था अनुसार रङ बदल्ने र लाभ लिने स्वभाव जागिरमा प्रवेशदेखि नै कायम छ । उनी सबै पार्टीको निकट हुने कला भएका कर्मचारीका रुपमा चिनिन्छन् । घुस नआउने कार्यालयमा काम गर्नै नपरेको जोशीले प्रधानमन्त्रीका सचिवालयका कर्मचारीलाई समेत भ्रममा राख्न सक्नुलाई उनको कला नै मान्नुपर्छ ।
अधिकांश उपसचिवलाई स्थानीय तहमा कुनै न कुनै बेला पठाउनका लागि सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरु सूची बनाउने गर्दछन् । तर जोशी यस्ता कर्मचारी हुन्, स्थानीय तहको अनुहारै देख्नुपरेको छैन । र, सामान्यका कर्मचारीका नजरमा समेत उनी भाग्यमानी कर्मचारीका रुपमा चिनिन्छन् ।
जोशी उद्योग विभागमा रहँदा हरेक महानिर्देशकलाई आफ्नो काबुमा राख्न सफल भएका थिए । महानिर्देशकहरु पनि भन्ने गर्थे, जोशी त विभागका लागि चाहिने कर्मचारी हुन् । प्रधानमन्त्री देउवाकै साथ पाएर उद्योग विभागमा उपसचिव शेरबहादुर बागचन्द सबैभन्दा कमजोर घरेलु शाखामा केही महिना बसेर बिभागबाट बाहिरिनुपरेको थियो । काबिल उपसचिव पूर्णिमा उपाध्याय प्रशासन शाखाबाटै बाहिरिइन् । कार्यक्षमतामा अब्बल देखिएका र समन्वयकारी चरित्रका उपसचिव ज्ञानेन्द्र पराजुलीले आकर्षक शाखा नपाइकनै विभागबाट बाहिरिए ।
कांग्रेसकै सत्ता हुँदा पनि कांग्रेस निकट मानिएका उपसचिव विनोद खड्काले जोशीजस्ताका अगाडि टिक्नै नसकी बाहिरिनुपरेको थियो । तर कार्यक्षमतामा कमजोर घुस असुलीमा मजबुत छवि बनाएका जोशी भने ट्रेडमार्कका दुवै शाखाको निर्देशक करिब २ बर्ष बसेर बाहिरिदंैछन् । बाहिरिंदा पनि राजस्व जस्तो आकर्षक निकायमा उनले सरुवा पदस्थापन मिलाउँदैछन् । राजस्व चुहावट हेर्ने राजस्व अनुसन्धान विभागलाई भन्सारछलीको आशंकामा ट्रक बरामद गरी अनुसन्धान गर्ने अधिकार छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीसँग समेत जोशीले सरुवाको चाँजापाँजो मिलाउन सफल भइसकेको बताइन्छ ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend