Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौंः शिक्षामन्त्री पौडेल


    शुक्रबार, भाद्र १७ २०७९
    2.5K
    Shares
    sobij
  • ३ मिनेट पाठ
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

    आज शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उदघाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए ।  उनले शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने बताए । मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्ने बारेमा विज्ञहरुसँग मन्त्रालय छलफल गरीरहेको पनि बताए । नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीहरुको लहर चलेको भन्दै नेपालमै उच्च शिक्षा प्रदानमा कतै त्रुटी भइरहेको बताताऐ । उनले शंकरदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक स्थान उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दा माथि पु¥याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ । विदेशमा विद्यार्थी जाने लहर चलेको छ । सरकार शिक्षा मन्त्रालय गम्भीर छ । रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा । हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो । अरु देशका विद्यार्थीलाई पनि आकर्षित गर्नुपर्छ । केही प्रक्रिया पूरा गर्नुपर्ने होला, जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाउने कुरा प्रतिवद्धता जनाउन चाहन्छु । शिक्षा बिना केही राम्रो हुँदैन । शिक्षाको सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ । केही समय भित्रमा शंकरदेव क्याम्पस यही अवस्थामा नरहने गरी पूर्वाधारको विकास र शिक्षामा जोड दिने हेतुले प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्न चाहन्छु । विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाआँै र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’

    मन्त्री पौडेलले शैक्षिक संस्थाहरुको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार