काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् ।
बुधवार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउनेगरी काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । उनले भने–प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेका छौं । वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको छ ।
घिसिङले भने–‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं, त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राफ माथि उकालो लाग्दैछ । उकालो लागिरहन्छ । तपाईहरुलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ । यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भूसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएका छौं । सानो झिल्कोले पनि ठूलो काम गर्छ । साना कुरामा चिन्ता गर्नपर्छ जस्तो लाग्दैन । यो शुरुवात हो । शुरुवातमा केही शुभ संकेत देखाएका छौं । आगामी दिन धेरै राम्रो बन्दै जानेछ । विद्युत निर्यातका विषयमा चिन्ता गर्नुपर्दैन । चिन्ता प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने कुरामा गम्भिर हुनुपर्छ ।’
उनले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण पनि गरे । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताए । उनले प्राधिकरणले कर्मचारीको वृत्तिविकास र सेवा सुविधामा चार वर्षमा ठूलो फडको मारेको बिषय पनि उठाए । घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको जानकारी पनि दिए ।
घिसिङले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताए । उनले भने–प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्छ । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको छ ।
कार्यकारीनिर्देशक घिसिङले भने–‘हिजो विद्युत प्राधिकरण कर्मचारीहरुले तलव खानको लागि पनि ऋण लिनुपर्ने अवस्था थियो । त्यो बेला सानो इन्सेन्टिभ खाऔं भनेर बोर्डले पास गर्न नपाई अख्तियारबाट चिठी आउने गथ्र्यो । १० स्थानबाट पत्र आउने थियो । कुनै पनि निर्णयको कार्यान्वयन नहुने गरेको थिएन । आज त्यो स्थितिको अन्त्य भएको छ । प्राधिकरण नाफामा नभएको भए सम्भव छ । प्राधिकरणले कमाइ रहेकाले यो सम्भव भएको हो। प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधाभा चार वर्षमा ठूलो फडको मारको छ । त्यस्तै प्राधिकरणले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको छ । प्राधिकरणको विद्युत खपत बढाउने कार्ययोजनाको कारणले बढेको हो । प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएका छौं । प्राधिकरण राज्यको सबै संयन्त्र होइन । राज्यले पनि गर्नु पर्छ । तर विद्युत खपत नबढेको छैन । प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढनु भनेको उर्जा क्षेत्रको ठूलो फड्को हो । अझै विद्युतको खपत बढाउनुपर्छ ।’
निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताए । उनले विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गरे । उनले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको जानकारी दिए । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताए । उनले भने–विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्ने मूलमन्त्र हो । प्राधिकरणले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको छ । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाइ छ ।
घिसिले भने–‘भारत सरकारबाट हाल ३६५ मेगावट विद्युत निर्यात गर्न अनुमति भएकाले प्राधिकरणले प्रतिष्पर्धा मार्फत दैनिक करिव ४०० सय मेगावट विद्युत व्यापार गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ । आगामी दिनमा छिमेकी देशहरुमा थप विद्युत निर्यात गर्नेछ । ३७ वर्षको इतिहासमा प्राधिकरण सबै भन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि,४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी र निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रण आदी कारणले मुनाफा आर्जन सम्भव भएको हो । तीन वर्षदेखि विद्युत महशुल घटाउँदै २५ प्रतिशत विद्युत महशुल कम हुँदा पनि प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा बढी मुनाफा कमाउन सफल भएको छ । प्राधिकरणले ग्रामिण क्षेत्रमा विद्युतको उज्यालो नदेखेका जनताको घरघरमा विद्युत पु¥याउन सफल भएको छ । अहिले नेपालका ९३ प्रतिशत जनताले विद्युत उपभोग गर्न पाएका छन । वैकल्पिक उर्जा समेत गर्दा करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएका छन । अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको छ । आगामी दुई वर्षभित्र सतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन स्रोत परिचालन गरेको छ । विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मूल मन्त्र हो ।’
विद्युत प्राधिरकणले आफ्ना करिव २ दर्जन भावी कार्ययोजनाहरू समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ । काठमाडौं लगायतका प्रमुख शहरहरुमा बृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लैजाने योजना सार्वजनिक गरेको छ ।
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend