Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने मेडिकल कजेललाई प्राथमिकता दिनुपर्छः ढकाल


    सोमबार, साउन ३० २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

    सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पु¥याउन जरुरी रहेका बताए । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताए ।

    ढकालले भने–‘सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार ७५३ वटै स्थानीय तहहरुमा पु¥याउन जरुरी छ । अर्को स्वास्थ्यमा टेक्नीकल जनशक्ति एमबीबीएस डाक्टर नभए पनि मानिसको मुटुको धड्कन छुटयाउनसक्ने स्वास्थ्य जनशक्ति आवश्यकता छ । स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । 

    त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिता दिनुप¥यो । स्वास्थ्य बीमामा केही कमजोरीहरु र सुधार गर्नुपर्ने विषयहरु छन । स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्छ ।’

    वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्ने दाबी गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार