काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रको लागि बेलायतबाट एकैदिन बीस लाख भन्दा बढी सहयोग जुटेको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् समाजसेवी महावीर पुन बेलायत हुँदै युरोप भ्रमणका क्रममा हाल बेलायतमा छन् । उनले बेलायतका विभिन्न विश्वविद्यालय, कम्पनी तथा विशेषज्ञहरूसँग भेटघाट गर्ने र अनुसन्धान एवम् विकासमा सहयोग, सहकार्य र परियोजना सम्बन्धि छलफल गरिरहेका छन् ।
बेलायतस्थित विभिन्न समुदायसँग अन्तर संवादमा व्यस्त पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई बेलायतबाट १३ हजार पाउण्ड (२० लाख ५४ हजार रुपैयाँ) सहयोग प्राप्त भइसकेको छ भने सहयोग जुट्ने क्रम जारी छ ।
बेलायतस्थित युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकासायर (यूक्लान) मा पुनसँग आयोजित अन्तरक्रियामा १० हजार पाउण्ड सहयोग प्राप्त भएको हो । बिज एजुकेसनले आयोजना गरेको उक्त अन्तरक्रियामा यूक्लानका दक्षिण एसिया निर्देशक गोविन्दसिंह विष्टले १० हजार पाउण्ड प्रदान गरेका हुन् । सोही दिन साँझ बिज एजुकेसन र नेपाली समाज प्रिस्टनले महारानी रेष्टुरेन्ट प्रिस्टनमा गरेको अन्तरक्रियामा तीन हजार पाउण्ड संकलन भयो ।
कार्यक्रममा नेपाली समाज प्रिस्टनले ६ सय एक पाउण्ड र बिज एजुकेशनका निर्देशक हरि कार्कीले २ हजार ३ सय ९९ पाउण्ड प्रदान गरेका थिए । यसअघि यूक्लानमा भएको अन्तरक्रियामा विश्वविद्यालयका उपकुलपति प्राध्यापक ग्राहाम बाल्डवीनले पुनलाई विशेष सम्मान गर्दै आफ्नो विश्वविद्यालयमा पुनलाई स्वागत गर्न पाउँदा हर्षित र गौरवान्वित भएको बताए ।
प्राध्यापक ग्राहामले आफ्नो विश्वविद्यालयले पनि अन्वेषण, अनुसन्धान र इन्जिनियरिङमा विज्ञता हासिल गरेको जनाउँदै आविष्कार केन्द्रसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । आविष्कार केन्द्रका युरोप संयोजक हरिकृष्ण न्यौपानेले केन्द्रको प्रोजेक्टबारे थप प्रष्ट्याउँदै आयोजक बिज एजुकेशनका निर्देशक हरि कार्की, यूक्लान नेपाली सोसाइटी, नेपाली समाज प्रिस्टोनप्रति आभार व्यक्त गरे ।
उनले महावीर पुनको युरोप भ्रमण विश्वविद्यालय र विज्ञहरुसँग सहकार्य गर्नका लागि भएको जनाउँदै प्रवासको नेपाली समुदायलाई सहयोग गर्न पनि आग्रह गरे । हाल बेलायतमा रहेका पुन अप्रिल २८ देखि युरोप भ्रमणमा जानेछन् । युरोप भ्रमणपछि मे २५ मा बेलायत फर्किएर जुन पहिलो साता उनको नेपाल फर्किने योजना रहेको संयोजक न्यौपानेले बताए ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend