Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • देशभर ७० संक्रमित भेटिए, तीनकाे मृत्यु


    शनिबार, असार २७ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर ७० जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको छ।

    यस्तैगरी थप ३ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

    काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा काठमाडौं गोकर्णेश्वर-४  का ५४ वर्षीय पुरुष, बानेश्वर-१० का ६० वर्षीय पुरूष र सिन्धुपाल्चोकका ४५ वर्षीय पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गाैतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। 

    नेपालमा पछिल्लाे २४ घण्टामा ४ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या ८ हजार ४ सय ४२ पुगेकाे छ ।

    हाल ८ हजार २ सय ३९ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २४ हजार ९७ जना क्वारेन्टिनमा छन्।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार