काठमाडौँ । अहिले नेपाली बजारमा सुन तोलाको साढे ९२ हजार रुपियाँ नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले हिजो बिहीबार सार्वजनिक गरेको बजार मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपियाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन सुन प्रतितोला ९१ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रुपियाँ पुगेको छ ।त्यसैगरि, चाँदीको मूल्य ९८० रुपियाँ प्रतितोला कायम भएको छ । यो हालसम्मकै उच्च दर हो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य बृृद्धी भएर प्रतिऔँस एक हजार ८०४ डलर पुगेका आधारमा नेपाली बजारमा उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका महासचित्र धर्मसुन्दर बज्राचार्यले बताउनुभएकोछ । अन्तर्राष्ट्रिय बजारमा यस्तै अनुपातमा सुनको मूल्य बढेमा नेपाली बजारमा प्रतितोला एक लाख १० हजार रुपियाँभन्दा माथि सुनको मूल्य पुग्ने व्यवसायीहरूको भनाइ छ ।