Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कृषिविज्ञ भन्छन्–काठमाडौँमा देखिएको सलहको झुण्ड ठूलो होइन


    बुधबार, असार १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै नेपालको तराईमा भित्रिएका सलह मंगलबार काठमाडौंमा पनि देखिएका छन्।

    गत शनिबार रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेका सलह मंगलबार काठमाडौंमा पनि देखिएका हुन्।

    वरिष्ठ कृषिविज्ञ डा.केदार बुढाथोकीका अनुसार सलहको झुन्ड लाखौं वा करोडौंको संख्यामा हुन्छ। तर काठमाडौंमा देखापरेको सलहको झुन्ड त्यस्तो ठूलो खालको नभएको उनको भनाइ छ।

    नेपालमा मनसुन सुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। कृषिविज्ञ डा.बुढाथोकीका अनुसार पानी परेपछि सलह मर्छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार