Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतमा पावर हाउस भत्किँदा एक जनाको मृत्यु


    सोमबार, असार १५ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतको पञ्चपुरीमा पहिरोले विद्युतको पावर हाउस भत्किँदा एकजनाको मृत्यु भएको छ ।

    खमारी खोला जलविद्युतको पावर हाउस भत्किँदा पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षीया नन्दा पुलामीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार आइतबार रातिदेखि आएको वर्षाका कारण बिहान साढे २ बजे पहिरो गएको थियो । पहिरोमा परी बेपत्ता भएकी नन्दाको बिहान ८ बजे शव फेला परेको हो ।

    खमारी खोला जलविद्युत आयोजनाका अपरेटर डम्मर पुलामी घाइते भएका छन् । डम्मर र नन्दा श्रीमान् श्रीमती हुन् । उनीहरु पावर हाउस गृहमा बस्दै आएका थिए ।

    घाइते डम्मर पुलामीको अवस्था सामान्य रहेको र उनको बाबियाचौर अस्पतालमा उपचार भैरहेको डीएसपी घर्तीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार