Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा पहिरोले पुरिएर दुईको मृत्यु, तीन घाइते


    सोमबार, असार १५ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । दार्चुलामा गएको पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिका–४ होपरीमा पहिरोले घर पुरिएर चार वर्षीय सुशान्त महता र उनका बुवा २५ वर्षीय चन्द्रसिंह महताको मृत्यु हो ।

     

    पहिरोमा परि अन्य ५ जना घाइते भएका छन् । चनमती महताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए ।

    आइतबार राति जलविद्युतको नहर भत्किँदा गएको पहिरोले अन्य ३ घरमा पनि क्षति पुर्याएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार