सांकेतिक तस्विर
ललितपुर। ललितपुरस्थित स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित मृत्यु भएको छ । स्टार अस्पतालमा हिजो (शनिबार) साँझ ८.४० मा रौतहटका २९ वर्षीय युवाको निधन भएको थियो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।