काठमाडौँ । आज असार १५ दही चिउरा खाने दिनका रूपमा लिइन्छ । आज भोली असार १५ लाई रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर मनाउँ छन् ।असार महिनामा मानो रोपेर पछि मुरी उब्जाउने यो महिना भरी र कतै कतै साउनमा पनि खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीत गाउँदै असार १५ मनाउने परापूर्वक कालदेखिको चलन हो ।
दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुन्छ । धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ ।सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।