Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु


    आइतबार, असार १४ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर ।चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु भएको छ।

    उदयपुरको चौदण्डीगढी नगरपालिका ५ खोरिया बस्तिका १८ वर्षीय दिपेश मगरको शनिबार मृत्यु भएको हो।

    शनिबार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेका बेला उनको नजिकै परेको चट्याङ आवाजले उनी बेहोस भएका थिए।चट्याङको आवाजले बेहोश भएका व्यक्तिको मृत्यु 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीका अनुसार त्यसपछि बेहोश भएका मगरको उपचारका लागि धरानको बि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

    उपचारकै क्रममा राति पौने ८ बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार