Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्याक्टर दुर्घटनामा परी भूत मेला हेर्न जाँदै गरेका दुई जनाको मृत्यु


    बिहिबार, मंसिर २ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम।कार्तिक पूर्णिमामा धनुषा र सिरहा जोडने कमला नदीमा लाग्ने भूत मेला हेर्न जाँदै गरेका दुई जना तीर्थालुको ट्याक्टर दुर्घटना मृत्यु भएको छ । सोही दुर्घटनामा १८ जना घाइते भएका छन् ।

    बिहीबार करिब ५ बजे धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीमा पुलमा ओभरटेक गर्ने क्रममा अनटेस्ट नेपाली नम्बरको ट्याक्टर पल्टिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार राज्यको सितामाढी जिल्ला बेला थाना एकरहियाका ५० वर्षीय रामदयाल यादव र सोही स्थानका ४५ वर्षीया अस्मिता देवी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरूको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते १८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्याक्टर महोत्तरीको भए पनि त्यसमा सवार अधिकांश तीर्थालु भने  भारतीय रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त कुमार रजौरले बताए । घटना भएलगत्तै चालक फरार भएको उनले बताए ।

    घाइतेहरूको प्रदेशीक अस्पताल जनकपुर र रामजानकी हस्पिटलमा उपचार भइरहेको उनले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको र फरार चालकको खोजविन जारी रहेको उपरीक्षक रजौरले बताए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार