काठमाडौं । आज साेमबार ८ नोभेम्बर अर्थात् विश्व रेडियोग्राफी दिवस । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे जानकारी र चेतना फैलाउने उद्देश्यकामा साथ हरेक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ । रेडियोग्राफीलाई एक्सरे वा विकिरण पनि भन्ने गरिन्छ । आधुनिक चिकित्सा प्रणालीमा यसले ठूलो महत्व राख्दछ ।
८ नाेभेम्बर १८९५ का दिन वैज्ञानिक विल्हेल्म रोईन्टेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । उनै वैज्ञानिकले गरेको विकिरण एक्स–रेको आविष्कारप्रति सम्मान दिन यो दिवस मनाइन्छ ।
विल्हेल्मको जन्म सन् १८४५ मा जर्मनीमा भएको थियो । उनले फिजिक्समा मास्टर्स गरेका थिए र ज्यूरिख विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए । उनलाई नै किरणहरूको नयाँ सेट पत्ता लगाउने श्रेयसमेत दिइन्छ । त्यो समयमा यो विषय अज्ञात रहेको थियो, जुन पछि एक्स–रेको रूपमा प्रसिद्ध भयो ।
सर्वप्रथम सन् २०१२ मा रेडियोलोजीको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो । युरोपियन सोसाइटी अफ रेडियोलोजी, उत्तरी अमेरिकाको रेडियोलोजिकल सोसाइटी, अमेरिकन कलेज अफ रेडियोलोजीको पहलमा विश्व रेडियोलोजी दिवस मनाउन सुरु गरिएको हो ।
एक्सरेले हाम्रो शरीर भित्रका हड्डिहरूका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्डले शरीर भित्रका अङ्गहरुमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्छ ।
रेडियोलोजीअन्तर्गत विकिरणयुक्त एक्सरे, फ्लोरोस्कोपी, म्यामोग्राम, सिटिस्क्यान तथा विकिरणरहित अल्ट्रासाउण्ड र एमआरआई लगाएतका प्रविधिहरू पर्दछन् । मानव शरीरको भित्री अंगमा भएका समस्याहरु बिना चिरफार पत्ता लगाउनका लागि पनि रेडियोग्राफी विधि महत्वपूर्ण हुने गरेको छ ।
काठमाडौँ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका(६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको...
काठमाडौँ । निर्वाचन आयोगले असोज मसान्तसम्म दर्ता कायम रहेका १२४ राजनीतिक दलको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचीमा प्रत्येक दलको दर्ता...
काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल...
काठमाडौं । संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला...
काठमाडौं । अष्ट्रेलियाको सामाजिक सञ्जाल सबन्धी नयाँ कानुनको अहिले निकै चर्चा भइरहेको छ । उसले १६ बर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend