काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) आजदेखि आवेदन खुला भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि आज बुधवारदेखि खुला गरिएको हो । मानुषी लघुवित्तको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
लघुवित्तको शेयरमध्ये ०।५ प्रतिशत अर्थात् ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् १९ हजार ६८८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।
मानुषी लघुवित्तको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।