Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दक्षिण चीनमा डुङ्गा दुर्घटना, आठ जनाको मृत्यु


    मंगलबार, साउन २६ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नानिङ ।  दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गामा ६१ जना सवार रहेका थिए ।

    समुद्रमा माछा मारेर फर्कने क्रममा उक्त डुङ्गा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

    ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो । डुङ्गामै सवार डुङ्गाका मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार