काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उनले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्यून प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताएका हुन् ।
उनले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिए ।विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उनको भनाइ छ ।
‘एक स्वास्थ्य, एक अभियान स् प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अभियानले एन्टिबायोटिकको दुरुपयोग रोक्ने, यसको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको बताए। त्यसैले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे । उनले प्रतिजैविक प्रतिरोध विश्वव्यापी समस्याका रूपमा देखिएकाले नेपालमा पनि विभिन्न सचेतना तथा जनजागरणका कार्यक्रममार्फत सर्वसाधारणलाई यसबारे सुसूचित गर्नुपर्ने बताए ।
उनले भने, ‘आज प्रतिजैविक प्रतिरोध सप्ताहको पहिलो दिन स्वास्थ्य मन्त्रालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला, संघ-संस्थाका प्रतिनिधि तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूलाई औषधि व्यवस्था विभाग र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । ‘एक स्वास्थ्य, एक प्रयास स् प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ मनाउन लागिएको यस सप्ताहको मुख्य उद्देश्य प्रतिजैविक प्रतिरोधको बढ्दो चुनौती न्यूनीकरण गर्नु हो । प्रतिजैविक औषधिको दुरुपयोग, अनावश्यक तथा अत्यधिक प्रयोगलाई नियन्त्रण गर्दै जनस्वास्थ्यको सुरक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रका सबै सरोकारवालाबीच सहकार्य, जनचेतना र औषधिको जिम्मेवार प्रयोगलाई प्रवर्द्धन गर्न आवश्यक छ ।’
बुधवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट शुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका...
काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक(आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दैछ । उनको रिट निवेदन न्यायाधीश श्रीकान्त...
काठमाडौँ। अन्ताल्या (टर्किए) । पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख तथा अनुगमन गर्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६१ जना कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको छ । सहायक निर्देशकदेखि सहायकसम्मका पदमा खुला परीक्षाबाट पदपूर्ति गर्न राष्ट्र...
काठमाडौँ। सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको म प्र ०४–००१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend