काठमाडौँ । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कात्तिक २२ गते राति वीरेन्द्रनगरका विभिन्न स्थानमा हारजित हुने गरी नगद रकम राखेर जुवा खेलिरहेको सूचनापछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो।
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ बरामद गरेको छ। भारतीय रुपैयाँलाई नेपालीमा रूपान्तरण गर्दा २१ हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ। यसरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद भएको छ
त्यस्तै, जुवा खेल्न प्रयोग गरिएका ५२ पत्तीका ५३ गड्डी ताससमेत बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम, ठेगाना र उमेरसहितको विवरण सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरू सुर्खेतसहित दैलेख, जुम्ला, बर्दिया, कैलाली, अर्घाखाँची र भारतका विभिन्न स्थानका बासिन्दा रहेका छन्।
काठमाडौँ। झापाको दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकामा चौपाया तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका छन्। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौँ । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend