Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • परराष्ट्रमन्त्री खनालले आज कोप–३१ लाई सम्बोधन गर्ने


    सोमबार, कार्तिक २४ २०८३
    65
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन गर्ने भएका छन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किको आन्ताल्या पुगेका मन्त्री खनालले सम्मेलनको उदघाटन सत्रमा नेपालको धारणा राख्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आजदेखि सुरु हुने सम्मेलन नोभेम्बर २० सम्म सञ्चालन हुनेछ । मन्त्री खनाल नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा समेत सहभागी हुनेछन् ।

    सम्मेलनका क्रममा उनले नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम छ ।
    ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उक्त कार्यक्रममा हिमाली क्षेत्रका हिमनदी, क्रायोस्फियर, जलवायु उत्थानशीलता, साझा जिम्मेवारी र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुनेछ ।

    परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार