काठमाडौँ । नेपाली काँग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा तथा सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको बताएका छन् । अनुभव र युवाबीचको सहकार्यबाट संगठनलाई थप बलियो बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।
‘मेरो लामो राजनीतिक यात्रामा नेपाली काँग्रेसका हरेक चुनौती, आन्दोलन र संगठन निर्माणका अभियानमा निरन्तर सहभागी हुँदै आएको छु,’ उनले लेखेका छन्, ‘पार्टीको एक निष्ठावान कार्यकर्ताका रूपमा विभिन्न क्षेत्रमा गरेको योगदान, संघर्ष र लामो अनुभवलाई आत्मसात् गर्दै नेपाली काँग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउने संकल्पसहित आज म नेपाली काँग्रेसको उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’
उनले नेपाली काँग्रेसको संगठनलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै पार्टीको आगामी यात्रामा जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काँग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend