Nepal Face
  • शुक्रबार, १६ असोज २०८३
  • कागेश्वरी मनोहराकी इन्जिनियर दीपासहित ३ जनाविरुद्ध भ्रस्टाचार मुद्दा


    शुक्रबार, असोज १६ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर पदमा कार्यरत दिपा कार्कीविरुद्ध भ्रस्टाचार मुद्दा दायर गरेको छ।

    इन्जिनियर कार्कीसमेतले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरेवापत बार्गेनिङ गर्दै पटक-पटक दुस्ख हैरानी दिई सेवाग्राहीसँग ६४ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो।

    अनुसन्धानको सिलसिलामा इन्जिनियर कार्कीले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखको पद तथा ओहदाको दुरूपयोग गरी बदनियत राखी अन्य प्रतिवादीहरू आस्मा कार्की र आशिष पौडेल समेतको मिलेमतो, योजना तथा मतसल्लाहमा २ लाख ८ हजार रूपैयाँ लिएको अख्तियारको आरोप छ।

    उनीविरुद्ध दुई लाख ८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार