Nepal Face
  • शुक्रबार, १६ असोज २०८३
  • निर्वाचन प्रहरीको पोसाक खरिद अध्ययन गर्न मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन


    शुक्रबार, असोज १६ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि गरिएको पोसाक खरिदको अध्ययन गर्न नौ सदस्यीय उपसमिति गठन गरेको छ।

    शुक्रबार बसेको समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिलाई खरिद प्रक्रियासँग सम्बन्धित विषय अध्ययन गरी दुई महिनाभित्र मूल समितिमा प्रतिवेदन पेस गर्ने समय दिइएको छ।

    उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार