काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी(त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।
समितिको आज सम्पन्न बैठकले कार्यविधि पारित गरेको समितिका सदस्य एवं सांसद अनुष्का श्रेष्ठले जानकारी दिइन्।
“यससँगै हाम्रो अगाडिको कामको व्यापकता अझ स्पष्ट भएको छ, सरकारी निकायहरूले गरिसकेको महत्वपूर्ण कामलाई आधार बनाउँदै उपलब्ध स्रोतको अधिकतम् उपयोग र कामको समन्वय गर्नुपर्छ । आवश्यक ठाउँमा भने स्वतन्त्र अध्ययन र छलफलका लागि पनि पर्याप्त स्थान राख्नुपर्छ”, उनले भनिन् । बैठकले हिमाली समुदायदेखि जलवायु जोखिममा रहेका नदी किनारका बस्तीहरूसम्मको प्रभावलाई कामले समेट्ने जनाएको छ ।
प्रतिनिधि सभाको १५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली बिहीबार निर्विरोध निर्वाचित भएका थिए । सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित सभापति पराजुलीलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए। प्रतिनिधि सभा बैठकले यही असोज ५ गते उक्त समिति गठन गरेको थियो ।
समितिमा सभापति पराजुलीसहित सांसदहरु अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, रमेशकुमार मल्ल, मिङ्मा ग्याबु शेर्पा, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनुभएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी-त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनस्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्नु समितिको उद्देश्य रहेको छ ।
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित नियमित ‘प्रेस...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर पदमा कार्यरत दिपा कार्कीविरुद्ध भ्रस्टाचार मुद्दा...
काठमाडौँ । नेकपा (एमाले) का मनोनीत ३३ जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी...
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार घोषणा भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय...
काठमाडौँ । राष्ट्रिय सभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई प्रतिनिधि सभाबाट भएका संशोधन स्वीकार गर्दै सर्वसम्मत रूपमा पारित गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend