काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ ।
मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताएकी छन् ।
बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह र एक्लोपनका विषय थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले संविधान तथा प्रचलित कानुनबमोजिम सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी कार्यक्रम र सेवा प्रदान गर्दै आएको बताइन्।
मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिने घोषणा गरेकी छन् ।
डिजिटल प्रविधिको उपयोगमार्फत ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्दै उनीहरूको अनुभवलाई समाज र राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंकलाई अगाडि बढाइने सन्देशमा उल्लेख छ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend