काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढी पहिरोबाट क्षतिग्रस्त विद्युत् प्रसारण तथा सडक पूर्वाधारको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले विशेष गरी त्रिशूली र कालीगण्डकी करिडोरमा क्षतिग्रस्त विद्युत् प्रसारण प्रणालीको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्राकृतिक विपत्तिका कारण प्रसारण संरचनामा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले तत्काल पुनर्स्थापना गर्न सकिने संरचनाको पहिचान गरी निर्माण अघि बढाउनुपर्ने बताएका छन्।
घिसिङले आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्ने भन्दै प्रसारण पूर्वाधारको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।
उनका अनुसार विद्युत् तथा सडकजस्ता अत्यावश्यक पूर्वाधारको क्षति केवल सम्बन्धित क्षेत्रको समस्या नभई नागरिकको दैनिक जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र मुलुकको विकास प्रक्रियासँग जोडिएको विषय हो।
घिसिङले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न समेत सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गरी आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने धारणा राखेका छन्।
बाढी पहिरोबाट प्रभावित नागरिकको जीवन, ऊर्जा सुरक्षा र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई संकटको समयमा पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
उनले साना विषयमा अल्झिनुभन्दा विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र राष्ट्रिय ऊर्जा प्रणालीको सुरक्षाका लागि तत्काल आवश्यक निर्णय तथा काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend