काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए ।
भ्रमणका दौरान मन्त्री खनालले नेपालका तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्म: जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गरेका थिए ।
सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उनको भ्रमण अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताइएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend