Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अपडेट: हिमलुङ हिमपहिरोमा थप दुई शव फेला, १४ जना अझै बेपत्ता


    सोमबार, असोज १२ २०८३
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् ।

    नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)ले थप दुई शव फेला पारेको हो ।

    एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो ।

    यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

    अझै १४ जना हराइरहेको र उनीरुको हेलिकप्टरमार्फत खोजी भइरहेको मनाङका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विनोद बरालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार