रुपन्देही । गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बाढीले बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्कविच्छेद भएको छ ।
कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब ६ बजेको आसपास कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी पुल बगाएको हो ।
स्याङ्जा जोड्ने अन्य कुनै वैकल्पिक सडक नभएकाले पुल बगेसँगै गुल्मीको सदरमुकाम तम्घासबाट समेत साना–ठूला सवारीसाधन मिर्मी हुँदै पोखरा र काठमाडौंसम्म आवतजावत गर्ने मार्ग बन्द भएको वडाध्यक्ष पाण्डेले बताए । जिल्लाको ठूलो नाका जोड्ने पुल बगाएपछि दुवै क्षेत्रका नागरिक प्रभावित भएका छन् ।
शनिबारदेखि नै कालीगण्डकीका तीनवटा ढोका खोलिएका छन् । तर, नदीमा पानीको बहाव अत्यन्त ठूलो रहेकाले जोखिम कायमै रहेको पाण्डेले बताए ।
मिर्मी ड्याममाथि पूर्तिघाटतर्फ पानीको बहाव अझै ठूलो रहेको जानकारी प्राप्त भएको उनले बताए ।
कालीगण्डकी नदीमा आएको बाढीका कारण रिडी बजार जलमग्न भएको छ । नदीले जलसतह पार गरेपछि रुरुक्षेत्र गाउँपालिका–१ को रिडी लामाचौरपारी र बजार नजिकका सडकसहित कालीगण्डकी करिडोरका विभिन्न भाग डुबानमा परेका छन् ।
बाढीका कारण रुरुक्षेत्र गाउँपालिका–१ का रिडी व्यवसायी रविलाल पन्थले बगर क्षेत्रमा निर्माण गरिएका पक्की संरचना, मन्दिर, घाटलगायतका संरचना डुबानमा परेको जानकारी दिए ।
जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएका कारण घटनाको विस्तृत विवरण संकलनमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend